यदि स्लिम बन्न मन छ भने पिउनुहोस् पुदिनाको चिया ! यस्ता छन् अन्य फाइदा तथा प्रयोग गर्ने तरिका

एजेन्सी । पुदिना त हामी सबैलाई नै थाहा छ । पुदिनाको अचार खानु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ । पुदिनाको अचार मात्र हैन त्यसको चिया पनि निकै फाइदा जनक हुन्छ ।पुदिनाको चियाले शरीरलाई स्वस्थ्य बनाउनुको साथै तौल घटाउन पनि मद्दत गर्छ । यदि तपाई तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको । पुदीनाको चियाले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत मिल्छ । कसैलाई पुदीनाको तेज बास्नाले भोकको नियन्त्रण गर्दछ । कसैलाई राती खान खाइसकेपछि पुदिनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । गुलियो खाने इच्छा कम गर्दछ ।

पुदिनाको चिया बनाउने तरिका: तातो पानीमा २ ठुलो चम्चा पुदीनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वाद अनुसार मह हाल्नुहोस् र पुदीनाको चियाको स्वाद लिनुहोस्

पुदिनाको दिनहुँ सेवनले मिल्ने छ यस्ता अचुक फाईदा: नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ । यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ । यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ । दुई दर्जन जात र सयौं प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन् । तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् ।

पाचन प्रक्रियामा सहयोगी: पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ।

टाउको दुखाई निको पार्छ: पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ।

श्वासप्रश्वासको समस्या हुन दिँदैन: यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन्।

दम निको पार्छ: पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न। दूध चुसाइरहेका महिलालाई उपयोगी: दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ।

डिप्रेसन र थकान घटाउँछ: यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पुर्याउँछन् । सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ।

छालाको हेरचाह: यो राम्रो एन्टिसेप्टिक पनि हो। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ।

स्मरणशक्ति बढाउँछ: हालै गरिएको एक अध्ययनले पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको थिया। पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन् । यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्यान्सर रोकथाम गर्नेजस्ता काम गर्छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।