फिल्म ‘जय हो’ को प्रचारप्रसार गर्न कक्षा ११ को हलभित्र कलाकारहरू छिरेपछि…

काठमाडौं : आगामी भदौ ८ मा देशैभर प्रदर्शन हुन लागेको फिल्म ‘जय हो’ले सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रचारप्रसार गरेको छ । फिल्मका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेतलगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् ।

कार्यक्रममा केकी र सलोनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना दिँदै भविष्यलाई अझ उज्जवल बनाउन कामना गरे । उनीहरूले आफूहरूको फिल्मले दर्शकलाई नयाँ सन्देश दिने भन्दै फिल्म हेरिदिन आग्रह गरेका थिए ।

फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले उनीहरूले शिक्षाका लागि परिचित जेभियरमा पुगेर फिल्मको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए । यो कलेजमा यस वर्ष कलेजकै इतिहासमा सर्वाधिक १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन् । जसमा ७ विद्यार्थीले जीपीए ४ ल्याएका छन् ।

फिल्ममा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको शीर्ष भूमिका छ । फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठले समेत अभिनय गरेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।