११ महिनापछि मैदानमा फर्किए जसप्रित बुमराह

काठमाडौं । भारतीय टोलीका शीर्ष फास्ट बलर जसप्रित बुमराह ११ महिनापछि बुधबार आफ्नो परिचित शैलीमा बलिङको अभ्यास गर्दै देखिएका छन् ।

२९ वर्षीय बुमराहले यसअघि अष्ट्रेलियाविरुद्ध २५ सेप्टेम्बर २०२२ मा हैदराबादमा अन्तर्राष्ट्रिय टी–२० खेलेका थिए ।

त्यसयता उनी ढाड दुख्ने समस्याका कारण मैदान बाहिर थिए । जसका कारण उनको शल्यक्रिया पनि गर्नुपरेको थियो ।

आयरल्याण्डको डब्लिन शहरमा आगामी शुक्रबारदेखि तीन टी–२० खेलको शृङ्खला सुरु हुँदैछ, जसमा टीम इन्डियाको कमाण्ड बुमराहको हातमा हुनेछ ।

यो गत जुलाई ३१ मा घोषणा गरिएको थियो। टीम इन्डिया मंगलबार आयरल्याण्ड पुगेको छ त्यसपछि अभ्यास सुरु गरेको छ ।

बीसीसीआईले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा एक भिडियो शेयर गरेको छ जसमा बुमराह पूर्ण बलका साथ बलिङ गरिरहेको देख्न सकिन्छ।

एसिया कप र एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप पनि अब हुने भएको छ ।

अभ्यास सत्रमा बुमराहले बाउन्सर हाने र ब्याट्सम्यानले डिफेन्स गर्न निहुरिनु परेको थियो ।

यस क्रममा उनले बाउन्सर र योर्कर बल पनि गरेका थिए । अभ्यास सत्रले बुमराहको उत्कृष्ट रिकभरी देखाएको बताइएको छ ।

यस भ्रमणमा फास्ट बलर प्रसिद्ध कृष्णा पनि छन्, जो आफै पनि चोटका कारण लामो समयसम्म टोलीबाट बाहिर रहेका थिए । उनको शल्यक्रिया पनि गर्नुपर्‍यो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖