पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ को सूची सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्यिक पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।

दोस्रो चरणमा विस्तारिक सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु,प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् ।

पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार वि.सं.२०६३ देखि प्रदान गर्न थालिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।