सिआइवीलाई ढुक्क संग काम गर्ने वातावरण बनाइदिनु पर्छः महामन्त्री शर्मा
धनकुटा,२ भदौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको छानविनका लागि सिआइवीलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइदिनु पर्ने बताउनु भएको छ ।
कार्यकर्ता प्रशिक्षणका कार्यक्रमा धनकुटामा बोल्दै नेता शर्माले भूटानी शरणर्थी र ललिता निवास जग्गा प्रकरणमा जस्तै सुन काण्डको छानविनका नेपाल प्रहरी सक्षम रहेको बताउनु भएको हो ।
राज्य र संविधानले चिनेको निकाय लाई काम गर्न नदिएर अन्य कसैले गर्छु भन्नु उचित नहुने समेत उहाँको भनाई थियो । कसैले आफ्ना मान्छे जोगाउँन कुनै किसिमको समिति बनाउनु पर्छ भन्ने आशय राख्न नहुने भन्दै नेता शर्माले नेकपा एमालेले भनेझै कुनै पनि उच्चस्तरिय समिति आवश्यक नपर्ने बताउनु भयो ।


