मुटु उपचारका लागि आर्थिक सहयोगको याचना
नारायण कुमार राई/धनकुटा । मुटुको अपरेशनका लागि आर्थिक अभाव भएपछि धनकुटा नगरपालिका वडा नं.८ सान्ताङकी ५७ बर्षिया टेसमायाँ राईको परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।
एक महिना अघि राईको शरिर चीसो भएर बेहोसीका अबस्थामा पुग्ने रोग लागेपछि उपचारका क्रममा धरान स्थित बि.पि.मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरहरुले मुटुको दुबै भल्ब फेर्न सुझाएका छन् ।
प्रारम्भिक उपचारका लागि चार लाख रुपैंया लाग्ने भनेपछि अहिले पिंडित राई घरीघरी बिरामी भएर घरमा नै पिंडा झेलेर बस्नुपरेको उहाँको श्रीमान् अईन्द्र बहादुर राईले जानकारी दिनुभयो ।
यस अघि आफ्नी छोरीको टाउको र मेरुदण्डको उपचारका लागि १४ लाख र आफूहरुले कमाएको सबै जायजेथा सकिएकाले आफ्नी सासूको उपचारमा सहयोग गरिदिन उनकी बुहारी कमलाकुमारी पुनले सबैलाई अनुरोध गर्नुभएको छ ।
‘छोरीको उपचारमा हामीले भएको सबै सक्यौ ।’ पुनले भन्नुभयो ‘अब हामि संग आमा उपचार गर्न एक पैसा छैन ।’
डाक्टरहरुले राईलाई अपरेशनका लागि डेढ महिनाको समय दिएकाले सो समयसिमा जजिकिंदै आएकाले आफनी सासूको जीवन बचाईदिन पुनले सबै संग सहयोगको याचना गर्नुभयो ।


