जानकी आँखा अस्पताल ः पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

सुर्खेत। कर्णाली प्रदेशका दुई दिनदेखि चलेको नेकपा माओवादी केन्द्रको दोस्रो विस्तारित बैठक नेतृत्वको भारी आलोचना गर्दै सकिएको छ।

शनिबारदेखि आइतबारसम्म चलेको उक्त विस्तारित बैठकमा कार्यकर्ताले नेतृत्व तथा सरकारीमा सहभागी मन्त्रीको चर्को आलोचना गरेर सच्चिएर आउन चुनौती दिएका छन्।

जनतासँग माओवादी भन्ने नारासहित तीन महिने विशेष अभियानलाई सफल बनाउनका लागि नेताहरूको वडास्तरसम्मकाे जिम्मेवारी विभाजन समेत गरिएको छ।

भदौ १६ गते प्रदेशका सबै वडा-वडामा अभियानको उद्घाटन गरी सबै नेता तथा कार्यकर्ताहरु गाउँमा खटिनेछन्। केन्द्रले तयार गरेको लक्ष्य र उद्देश्यको जगमा टेकेर ठोस कार्य योजना तयार भएको र सोहीअनुसार सबै नेता, कार्यकर्ता, सङ्गठनलाई प्रशिक्षण गरिएको छ।

बैठकमा सहभागीहरूले समग्रमा पार्टी निश्चित मान्छेको दलदलमा फसेको, पार्टी र सत्ताको तालमेल नभएको कुरा उठाएका थिए। तीनवटै सत्ता निर्देशित हुने, माओवादीको नेतृत्वमा रहेका स्थानीय तहमा एउटा नमुना काम गर्ने, तोकेको फिल्डमा नेता, कार्यकर्ता जानै पर्ने, भ्रष्टाचारप्रति मुख्यमन्त्री र संघीय मन्त्री पनि निर्मम हुनुपर्ने र उत्पादनलाई श्रमसँग जोडेर पार्टी कार्यकर्ताको आर्थिक भविष्य सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ।

ऊर्जामन्त्री तथा उपमहासचिव समेत रहेका नेता शक्तिबहादुर बस्नेतले सरकारले थालेको सुशासनको विषयमा नेता, कार्यकर्तालाई जानकारी गराएका थिए। साथै उनले ऊर्जाका क्षेत्रमा गर्न लागेका कार्य र माओवादीले अघि सारेको समाजवादको आधार र समाजवादी मोर्चाको आधार निर्माणका विषयमा कुरा राखेका थिए।

पूर्व मुख्यमन्त्री एवं नेता महेन्द्रबहादुर शाहीले पार्टीभित्र विभिन्न सिमा समस्याहरू रहेको र ती समस्याहरू तीन महिने अभियानले हल गर्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री राजकुमार शर्माले रोजगारीका कुरालाई सरकारले अघि सारेको र कर्णाली निर्माणमा आफू अग्रसर भइरहेको जवाफ दिएका थिए । भोलि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

त्यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ। सोमबारको पार्टी प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ । गुटबाट माथि उठी जनताको काममा लाग्न र पार्टी निर्माणको दिशा तर्फ केन्द्रीत हुन कार्यक्रताले दबाब दिएका थिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।