यसरी महिला खेलाडीको ओठमा चुम्बन गरेपछि विवादमा तानिए स्पेनिस फुटबलका अध्यक्ष

काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जित्यो । प्रतियोगिताको फाइनल खेल आइतबार स्पेन र इङ्ल्यान्डबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले हरायो ।

त्यो खेल हेर्न स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेस पनि अस्ट्रेलियाको सिड्नीस्थित रंगशालामा उपस्थित थिए । खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कार्मोना गार्सियाले गरेको गोलको मद्दतमा स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचाल्यो ।

खेल सकिएपछि उपाधि जितेको खुसीयाली मनाउन स्पेनिस फुटबलका पदाधिकारीहरु पनि खेलाडीसँग मिसिएका थिए । त्यसमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस पनि थिए । तर, खेलाडीहरुसँग खुसीयाली मनाउने क्रममा अध्यक्ष लुइसले देखाएको ब्यवहारका कारण उनी यतिबेला विवादमा तानिएका छन् ।

अध्यक्ष लुइसले गरेको अप्रिय ब्यवहारका लागि उनको ब्यापक आलोचना पनि भइरहेको छ । खासमा उनले महिला खेलाडीसँग खुसी साटासाट गर्ने क्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोलाई चुम्बन गरेका थिए । जेनिफरको अनुमति बिना नै उनको ओठमा चुम्बन गरेपछि अध्यक्ष लुइस विवादमा तानिएका हुन् ।

त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रशारण भइरहेको थियो । पछि सञ्चारकर्मीहरुले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी छन् । ३३ वर्षीया जेनिफरले भनेकी छन्, ‘ए त्यो १ तर, मलाई मन परेन ।’

sports2

मिडफिल्डर जेनिफर र टोलीका अन्य खेलाडीहरुले त्यो घटनाको प्रत्यक्ष प्रशारण भइरहेको र चुम्बनको घटना पनि भिडियोमा रेकर्ड भएको जानकारी पछि मात्र पाएका थिए । सञ्चारकर्मीहरुले जेनिफर र अन्य खेलाडीलाई त्यो भिडियो देखाएका थिए । समाचारमा जनाइए अनुसार, त्यो भिडियो हेरेपछि खेलाडीहरु आश्चर्यचकित भएर चिच्याएका थिए ।

त्यो घटना सार्वजनिक भएपछि फुटबल समर्थकहरु पनि आश्चर्यचकित भएका छन् । यस विषयमा थुप्रै समर्थकले सामाजिक सञ्जालमा विभिन्न धारणा व्यक्त गरेका छन् । कतिपय समर्थकले महासंघका अध्यक्ष लुइस र मिडफिल्डर जेनिफरबीच प्रेम सम्बन्ध रहेको आशंका पनि ब्यक्त गरेका छन् । कतिपयले त्यो घटनालाई स्पेनिस संस्कृतिविरुद्धको क्रियाकलापका रुपमा पनि चित्रण गरेका छन् ।

एल पाइसकी सम्पादक नाडिया ट्रोनचोनीले यो घटनालाई जितको खुसीयाली मनाइरहेका सम्पूणर् महिलामाथि गरिएको दूर्व्यवहारको रुपमा ब्याख्या गरेकी छन् । ‘यो जितको खुसीयाली मनाइरहेका सम्पूर्ण महिलामाथि गरिएको आक्रमण हो । एउटा ब्यक्तिको ब्यवहारका कारण सिंगो देशले खुसीयाली मनाइरहेको क्षण विवादित बन्न पुग्यो,’ उनले भनेकी छन् ।

अध्यक्ष लुइसले भने मुर्खहरुले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘यहाँ जताततै मुर्खहरु छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूर्ण तरिकाले बढाइचढाइ गरिएको छ,’ उनले भनेका छन् ।

केही समयअघि स्पेनिस महिला टोलीका केही खेलाडीले प्रमुख प्रशिक्षक योर्गे भिल्डाविरुद्द पनि गैरब्यवसायिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका थिए । टोलीका केही महत्वपूर्ण खेलाडीले प्रमुख प्रशिक्षक योर्गे भिल्डाको नेतृत्वमा नखेल्ने अडान पनि लिएका थिए ।

उनीहरुले प्रशिक्षकमाथि दूब्र्यवहारको आरोप लगाएका थिए । यस विषयमा विश्व फुटबल महासंघ (फिफा) ले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । मिडफिल्डर जेनिफरले पनि सामाजिक सञ्जालमार्फत कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।