उपाधि जितेपछि जब मेसीले कप्तानको ‘ब्यान्ड’ पूर्वकप्ताको पाखुरामा लगाइदिए…

मियामी । अर्जेन्टिनी स्टार लियोनल मेसीको उत्कृष्ट प्रदर्शनसँगै अमेरिकी क्लब इन्टर मियामीले लिग्स कप फुटबल प्रतियोगिताको उपाधि चुम्यो । इन्टर मियामीले जितेको यो पहिलो उपाधि हो । मेसी भर्खरैमात्र इन्टर मियामीमा आबद्ध भएका हुन् ।

क्लबलाई ऐतिहासिक उपाधि चुमाउन मेसीले महत्वपूर्ण भूमिका निर्वाह गरे । इन्टर मियामी आबद्ध भएयता आफूले खेलेका सातवटा खेलमा मेसीले १० गोल गरिसकेका छन् । मेसीले खेलेको सातवटै खेलमा इन्टर मियामी विजयी भएको छ ।

लिग्स कपको फाइनलमा इन्टर मियामीले न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा १०(९ गोलले हराएको थियो । फाइनल खेलमा समेत मेसीले उत्कृष्ट प्रदर्शनसहित गोल पनि गरेका थिए । उपाधि जितेपछि इन्टर मियामीका खेलाडी र पदाधिकारी खुसीयाली मनाउन ब्यस्त थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेर प्रसंशा बटुलेका मेसीले खुसीयाली मनाउने क्रममा पनि थुप्रै खेलप्रेमीको मन जित्न भ्याए । यतिबेला विश्वभरका असंख्य फुटबलप्रेमीले इन्टर मियामीले लिग्स कपको खुसीयाली मनाउँदाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

खासमा अहिले इन्टर मियामीका कप्तान पनि मेसी नै हुन् । उनले एक महिनाअघि आजैको दिन (जुलाई २१) मा इन्टर मियामीमा ‘डेब्यू’ गरेका थिए । तर, उनीभन्दा अगाडि इन्टर मियामीको कप्तान थिए, डीआन्द्रे एड्लिन । उनले थुप्रै खेलमा इन्टर मियामीको कप्तानी गरेका थिए ।

त्यसैले इन्टर मियामीले लिग्स कपको रुपमा पहिलो उपाधि जितेपछि मेसीले आफूले लगाएको कप्तानको ‘ब्यान्ड’ निवर्तमान कप्तान एड्लिनलाई दिए । वास्तबमा मेसी एड्लिनप्रति सम्मान ब्यक्त गर्न चाहन्थे । सातपटकका बेलन डीओर विजेता मेसीको यो शालिन ब्यवहारबाट रंगशालामा उपस्थित हजारौं समर्थक भावुक बने ।

वास्तबमा मेसीले मैदानमा खेल भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए । मेसीले कप्तानको ‘ब्यान्ड’ आफ्नो हातबाट फुकालेर निवर्तमान कप्तान एड्लिनलाई लगाइदिन खोज्दा उनले अप्ठ्यारो मानेका थिए । सुरुमा एड्लिनले कप्तानको ब्यान्ड लगाउन मानेका थिएनन् । तर, मेसीले उनको पाखुरामा उक्त ब्यान्ड लगाएरै छाडे । त्यसपछि लिग्स कपको ट्रफी उचाल्ने क्रममा पनि मेसीले उक्त ट्रफी निवर्तमान कप्तान एड्लिनलाई हस्तान्तरण गरेका थिए ।

एड्लिन अमेरिकी राष्ट्रिय टोलीका सदस्य पनि हुन् । ३० वर्षीय एड्लिन सन् २०२२ मा इन्टर मियामीसँग जोडिएका हुन् । त्यसअघि उनी टर्किस क्लब गालातसारेबाट खेल्थे । मेसी आउनुअघि एड्लिन नै इन्टर मियामीका कप्तान थिए । उनले २० वटा खेलमा इन्टर मियामीको कप्तानी गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।