तत्काल राजनीतिक परिस्थिति र गठबन्धन बदलिँदैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल राजनीतिक परिस्थिति र सत्ता गठबन्धन नबदलिने बताएका छन् ।

पार्टीको जारी छैटौँ केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले वर्तमान गठबन्धन दीर्घकालीन नभए पनि तत्कालीन राजनीतिक कार्यगत एकता भएको बताएका छन् ।

‘यो गठबन्धन दीर्घकालीन होइन तात्कालिक राजनीतिक एकतामात्र हो । त्यसैले तत्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो गठबन्धन पनि बदलिन सक्छ । तर अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन’, अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् । साथै उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहे पनि तत्काल वाम एकता वा पार्टी एकताको सम्भावना नरहेको प्रस्ट्याएका छन् ।

उनले कम्युनिस्ट घटकहरुबीच एकतामा जोड दिँदै भनेका छन्‘ यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरुबीचको एकता वा वाम एकता सम्भव छैन ।’

अध्यक्ष नेपालले पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयहरूमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।