धनकुटामा पुर्वी पहाडकै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा

धनकुटा,असोज १ । धनकुटामा पुर्वी पहाडमै पहिलो पटक बिद्युतीय सबारी साधनको लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ ।

धनकुटा नगरपालिका वडा नम्बर एक सुकेपाखरीमा स्थानिय ब्यबसायी मिलन खड्काले करीब १७ लाख रुपैयाको लागतमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउनु भएको हो । जसमा नेपाल प्राधिकरणले नि:शुल्क ट्रान्सफर्मर दिएको छ ।

त्यस्तै चार्जिङ प्वाईन्ट सिजी ग्रुपले उपलब्ध गराएको सञ्चालक खड्काले जानकारी दिनुभयो । तीस किलोवाट क्षमताको फास्ट चार्जिङ स्टेशन हो यो,स्टेसनमा एक पटकमा एउटा सबारीसाधन चार्ज गर्न मिल्ने र ४० मिनेटमा फुल चार्ज हुने उहाको भनाई छ । पहाडीक्षेत्रमा पनि बिधुतिय सबारीसाधन आउन थालेकाले निजि लगानीनै स्टेसन सञ्चालनमा ल्याईएको उहाले बताउनु भयो ।

यो पुर्वी पहाडको पहिलो चार्जिङ स्टेसन रहेको जनाइएको छ । बिद्युत प्राधिकरण र निजी क्षेत्रले तराई र ठुला बजारमा सञ्चालनमा ल्याएपछि पुर्वी पहाडका पहाडी जिल्लामा भने सञ्चालनमा आउने सकेको थिएन ।

चार्जिङ स्टेशनको धनकुटाका प्रदेश सभा सदस्यद्वय ईन्द्रमणी पराजुली र निरन राईले सोमबार उद्घाटन गर्नु भयो । उद्घाटनमा बोल्दै पराजुलीले सबै तिर बिधुतीय सबारी सञ्चालन गर्न सके मात्र परि धेरै ब्यापार घाटा कम हुने र धेरै बिद्युत नेपालमै खपत गर्न सकिने बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।