पाख्रीबासमा किरांत राई यायोक्खाको सम्मान तथा ताराहाङ राई स्मृति प्रतिष्ठानको उद्घाटन

शर्मिला राई,धनकुटा । पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तथा सांसद राजेन्द्र राईले आम जनताको आय स्तर बढ्न सके मात्र देशको विकास हुने बताउनु भएको छ ।

किरात राई यायोक्खा पाख्रीवास नगर कार्य समितीले आज पाख्रीवासमा आयोजना गरेको सम्मान तथा ताराहाङ राई स्मृति प्रतिष्ठान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । हाल जनताको आय स्तर वृद्धि भएको छ वा छैन, जनताको आय स्तर वृद्धी हुने खालका कामहरु भएका छन् कि छैनन् भन्ने जस्ता विषयमा सम्बन्धित सबैले समिक्षा गर्न आवश्यक रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री तथा सांसद राईले जुनसुकै समुदायले आफ्नो समुदायको संस्कार,सस्कृतिको संवर्दन, प्रवर्दन गर्न अन्य कुनै अर्को समुदायको वा अरुको टिकाटिप्पणी गर्न आवश्यक नरहेको धारणा राख्नुभयो । उहाँले जुनसुकै समुदायले पनि आफ्नो संस्कार,सस्कृति जगेर्ना गर्न, विकास गर्न एकतावद्ध भई अघि बढ्न र आर्थिक रुपमा अब्बल हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । आर्थिक रुपमा मजबुत बन्न श्रम गर्न आवश्यक रहेको उहाँले बताउनु भयो साथै उहाँले अब स्थापना गरिन लागेको ताराहाङ राई स्मृति प्रतिष्ठानलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

किरात राई यायोख्खा पाख्रीवास नगर कार्य समितीका अध्यक्ष जितेन्द्र माङपाहाङ राई अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राईले आफुलाई सम्मान गरेको प्रति किरात राई यायोक्खा नगर कार्य समिति पाख्रीवासलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठान स्थापना गर्ने विषय प्रशांसनिय रहेको उल्लेख गर्दै जसका लागि आवश्यक समन्वय गर्ने वताउनुभयो । कार्यक्रममा स्व ताराहाङ राईको जीवनीको वारेमा शिक्षक तथा वुद्धीजीवि किशोर कुमार राईले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको अवसरमा पूर्वमन्त्री राई र जिल्ला समन्वय समितिका उपप्रमुख राईलाई कदर पत्र सहित सम्मान गरिएको थियो भने पाख्रीवास नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य,पूर्व वडाध्यक्षहरु सहित विभिन्न समयमा विभिन्न क्षेत्रमा रहेर समाजलाई आफ्नो तर्फबाट योगदान पुर्याएका किरात राई समुदायका राजनीतिक व्यक्तीत्व, पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष, कृषक, खेलाडी, सञ्चारकर्मी लगायतलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पाख्रीवास नगरपालिका वडा नं ३ का वडाध्यक्ष सरोज राई, ५ का वडाध्यक्ष महेश राई, वडाध्यक्ष ८ का वडाध्यक्ष गजेन्द्र राई, वडा सदस्य गंगादेव राई लगायत झण्डै ७० जना बढी रहेका छन् ।

कार्यक्रममा पाख्रीवास नगरपालिकाका पूर्व प्रमुख वृष वहादुर राई, जिल्ला समन्वय समितीका पूर्व सदस्य एवम् स्व ताराहाङ राईका माईला सुपुत्र डागम कुमार राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा किरात राई यायोक्खा जिल्ला कार्य समिति सदस्य श्याम प्रकाश राइ, किरात भाषा उत्थान समितिका अध्यक्ष तपिराम राई लगायत किरात राई समुदायका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य किरात राई यायोक्खा पाख्रीवास नगर समितिका उपसचिव यज्ञ वहादुर राईले राख्नु भएको थियो भने सञ्चालन सचिव चकेन्द्र राईले गर्नु भएको थियो ।



 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।