धनकुटामा पिङ् खेल्ने क्रममा लडेर बालकको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-०५ स्थित माझिगाँउ बस्ने मदन खड्का को छोरा वर्ष १० को मन्दिप खडकाको पिङ खेलने क्रममा अचानक लडदा घटनास्थलमा नै मृत्यु भएको छ ।
बुधबार दिउँसो १६:०० बजेको समयमा घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरीको पिङ खेल्ने बनाई पिङ खेल्ने क्रमम अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको छ ।
घटना सम्बन्धि थप अनुसन्धान तथा कानुनी प्रकृया जिल्ला प्रहरी कार्यालय धनकुटाबाट भई रहेको छ ।


