धनकुटाबाट समेत आन्दोलनमा सहभागी हुन थप शिक्षक काठमाडौ प्रस्थान
धनकुटा,५ असोज । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै काठमाडौँमा जारी आन्दोलनमा सहभागि हुन अन्य जिल्लाको जस्तै धनकुटा बाट समेत थप शिक्षक काठमाडौ प्रस्थान गरेका छन् ।
विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको नेपाल शिक्षक महासंघले जनाइ रहदाँ धनकुटाबाट समेत थप शिक्षक आन्दोलनका लागि काठमाडौँ लागेका हुन् ।
यस पटकको शिक्षकहरुको आन्दोलन लाई चौतर्फी रुपमा सर्मथन समेत मिलेको देखिन्छ ।


तस्बिर : बिनोद वावु शर्माको फेसबुक


