विविध पुरस्कार प्रदान

काठमाडौँ, ६ असोज : पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौँ वाषिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गर्नुभएका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’लाई रू २१ हजार राशिको वाङ्मय पुरस्कार प्रदान गरियो । भाषाविद् प्राडा माधवप्रसाद पोखरेलले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्नुभएको हो ।

उहाँले रू २१ हजार राशिकै साहित्यकार प्रभा भट्टराईलाई हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार तथा कुशेश्वर गुरुकुलम् रामेछापलाई कमलापति डम्बरकुमारी वाङ्मय पुरस्कार प्रदान गर्नुभयो । सोही कार्यक्रममा पिण्डेश्वर विद्यापीठ धरानका दुई जना छात्रलाई रू १५ हजार राशिको मेधावी पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक प्राध्यापक नारायणप्रसाद कट्टेलद्वारा लिखित ‘जीवन तरङ्ग’ काव्यको विमोचन गरिएको थियो । सम्मानित व्यक्तित्वबारे प्राडा सनतकुमार वस्ती र प्रा कोषराज न्यौपानेले चर्चा गर्नुभएको थियो भने विमोचित कृतिको समीक्षा भाषाविद् शरच्चन्द्र वस्तीले गर्नुभएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।