धनकुटाका सांसद निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त

धनकुटा । धनकुटाका प्रदेश सांसद निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन्। राई धनकुटा प्रदेश “क” बाट नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभा सांसद हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन्। 

जसअनुसार यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पाँच कर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन्। 

यसैगरी, एकराज कार्की भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन्। अधिकारी र राजभण्डारी आज थपिएका मन्त्री हुन्। 

रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖