धनकुटामा विश्व मुटु दिवसको अवसरमा रोड रनिङ्ग म्याराथुन हुने
धनकुटा,९ असोज । पूर्व प्रहरी संस्था धनकुटाले विश्व मुटु दिवशको अवसर पारेर असोज १२ गते धनकुटामा रोड रनिङ्ग म्याराथुनको आयोजना गर्ने भएको छ ।
धनकुटा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संस्थाले असोज १२ गते विश्व मुटु दिवशको दिन महिला तथा पुरुष म्याराथुन गर्न लागेको आयोजक संस्था पूर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्किले जानकारी दिनु भयो ।
८ किलोमिटर हुने प्रतिस्पर्धामा महिला पुरुष तर्फ प्रथम हुनेले ७ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् त्यस्तै क्रमश दोस्रो हुनेले ५ हजार नगद मेडल र प्रमाण पत्र, तेस्रो हुनेले ३ हजार नगद मेडल र प्रमाण पत्र, सान्तोना हुनेले १ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष कार्किको भनाई थियो ।
प्रतियोगिता खुल्ला रहेको र दर्ता शुल्क २ सय लाग्ने समेत आयोजकले जनाएको छ ।


