जिल्लाको विकास निर्माणमा सबैको सहयोग आवश्यक छ : राज्यमन्त्री राई

धनकुटा, १० असोज । कोशी प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना राज्यमन्त्री निरन राईले मन्त्रालयको अवस्थाको अध्यान गरेर विकास निर्माणका कामलाई अगाडी बढाउने बताउनु भएको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला धनकुटा आउनु भएका राईले आर्थिक मामिला तथा योजना मन्त्रालयले संचालन गर्ने स्रोत साधनको अवस्थाको अध्यायन गरी आफुले कामलाई अगाडि बढाउने बताउदै जिल्लाको विकास निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटाले धनकुटामा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री राईले कोशी प्रदेश सरकार संग जोडिएका बिषयहरुमा आफुले जिल्लामा रहंदा सरोकारवाला निकायहरुसंग समेत छलफल गरेको बताउँदै जिल्लाको विकास निर्माणमा आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।

उहाँले नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणका लागि समेत आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई , सचिव हरीबहादुर लम्जेल, सहसचिव इश्वर थापा, पत्रकार विकास घिमिरे, सन्तोष सुवेदी लगायतले मन्त्री राई लाई कार्यसफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।