पाख्रिबास आधारभूत अस्पतालका सिअहेब राईको निधन
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ८ र हाल नपा ४ निवासी ३६ बर्षीय युकेन राईको निधन भएको छ ।
राई पाख्रिबासको आधारभूत अस्पतालमा सिअहेब(अधिकृत पांचौ तह) मा कार्यरत हुनुहुन्थ्यो ।
विगत १ महिनादेखि ज्वरो आइरहेको र बुधवारदेखि रोगले थप सताएपछि थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको राईको आज बिहान आइसीयुमा उपचारकै क्रममा निधन भएको पाख्रिबास आधारभूत अस्पतालका डा. अंकित शर्माले बताउनु भयो ।
राईको परिवारमा श्रीमति र १ छोरी छन् ।


