किरात राई खेलकुद संघ धनकुटाका अध्यक्षमा आकाश राई सर्वसम्मत चयन
नरेन्द्र कश्चित,धनकुटा । धनकुटामा पहिलो पटक किरात राई खेलकुद संघ जिल्ला कार्य समिती गठन गरिएको छ ।
किरात राई यायोक्खा धनकुटाद्धारा आयोजित भेलाको वीच आकाश राईको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतित्थ्य तथा किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षतामा सञ्चालित भेलाको वीच संघको जिल्ला कार्य समिती गठन गरिएको हो ।
संघको उपाध्यक्षमा जुनुमाया राई,अनिता राई,सबिन राई, सचिवमा आदित्य राई,सह-सचिवमा मुस्कान राई र कोषाध्यक्षमा सीता राई सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा जोगेन्द्र राई,सुशिला राई,मौसम तुप्रिहाङ राई,सुवास राई,सञ्जय राई,दिपेश राई, डाँफे राई, विजय राई,धन बहादुर राई,जय कुमार राई,सन्तोष राई,लोकेन्द्र राई,सवाल राई रहेका छन् ।


