धनकुटाको पाख्रिबासमा दीप प्रज्वलन(फोटो फिचर)

धनकुटा । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा धनकुटाको पाख्रिबासमा दीप प्रज्वलन गरिएको छ ।

मंगलवार साँझ प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रीबास-३ को प्रांगणमा कलेजका विधार्थीहरु र चेतना युथ क्लबका सदस्यहरुद्वारा दीप प्रज्वलन गरिएको हो ।

ज्यान गुमाएका नेपाली विद्यार्थीको आत्माको चीर शान्तिको कामना गर्दै फसेका सम्पुर्ण नेपालीहरुको सकुशल उद्वारको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।

हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको थिए ।

उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए ।

हाल पाख्रीबास-३ मा अवस्थित कृषि कलेजबाट “अर्न एन्ड लर्न’ ” कार्यक्रममा भर्खरै इजरायल पुगेका ९ जना विधार्थीहरु अहिलेसम्म सकुशल रहेको जनाइएको छ ।

तस्बीर स्रोत :चेतना युथ क्लबको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।