धनकुटाको हिले स्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा बिरामीको मृत्यु पछि तनाव
धनकुटा । बिरामीको मृत्यु भए पछि धनकुटाको हिले स्थित उज्यालो मेडिकलमा तनाब उत्पन्न भएको छ ।
धनकुटाको सहिदभुमी गाँउपालिका ६ आसिसल्लाको ५३ बर्षिय बिष्णुमाया राइको मृत्यु भएपछि बिवाद उत्पन्न भएको थियो । बिहान आफै हिडेरै अस्पताल सम्म आउनु भएकी राईको मेडिकलमा प्रयोग गरिएको सिरीन्जको कारण मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
३/४ दिन देखि छाती दुखेको राई एक्सरे गर्न आएको बताइएको छ । आक्रोसित मृतकका आफन्तले ढुङ्गामुढा प्रहार गरी मेडिकलको सिसा फुटाइदिएका छन् । सञ्चालक र स्वास्थ्यकर्मी दुबैलाई कानुन बमोजिम कार्बाही गरिनु पर्ने आफन्तको माग छ ।
साँझमा भएको छलफल पछि भने मृतकका आफन्तले शव बुझेको र बिवाद साम्य भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

तस्बीर :कोकिला भण्डारीको फेसबुक


