सहिदभूमिमा पेट्रोल छर्केर युवकद्वारा आत्मदाहको प्रयास
धनकुटा,३ कार्तिक । धनकुटाको शहिदभूमी गाउँपालिका छिन्ताङ्गका स्थानिय १९ बर्षिय समिर राईले शरिरमा पेट्रोल छर्किएर आत्माहत्याको प्रयास गरेका छन् ।
घर नजिकैको खोल्सामा गई शरिरमा पेट्रोल छर्किएर आत्माहत्याको प्रयास गरेका राईको अवस्था गम्भीर रहेको छ ।
राईलाई थप उपचारका लागि नोवेल मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


