भूकम्प पिडितका लागि धनकुटाको हिलेमा राहत संकलन

धनकुटा । धनकुटाको हिले बजारमा धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामा जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरुलाई राहत संकलन कार्य भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाग,वरिष्ट उपाध्यक्ष मन कुमारी(तारा) तितुङ्ग,उपाध्यक्ष तथा धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट,धनकुटा उद्योग वाणिज्य संघका कावा महासचिव राम वहादुर रायमाझी,धनकुटा वितरक संघका अध्यक्ष विक्रम प्रधान,महासचिव विपिन थापा,सचिव गोविन्द दाहाल, सदस्य गणेश पौडेल,धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य दिजेश शाक्य,राम घिसिङ्ग तमांग,नगेन्द्र काफ्ले,हिले शाखाका होटल एशोसिएसन हिलेका अध्यक्ष यादव घिसिङ,सायक कार्यालय सचिव नवराज श्रेष्ठ सहितको टोलीले बजारमा राहत संकलन अभियानमा सहभागी भई राहत संकलन गर्नु भएको थियो भने धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामागले समेत उक्त राहत संकलन टोलीलाई केही समयमा राहत संकलन गर्न सहभागी भई सहयोग गर्नु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा संयुक्त रुपमा हिले बजारमा हिले बजार बासीहरु र व्यापारीहरुसंग राहत संकलन कार्यक्रममा जम्मा ६२ हजार १ सय ५ रुपैया रकम संकलन गरिएको धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तमागले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघको आयोजनमा धनकुटा वितरक संघ र धनकुटा होटल एशोसिएसनको सहभागीतामामा धनकुटा बजारमा २१ गते भूकम्प पीडिहरुका लागी राहत संकलन गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।