भूकम्प पिडितका लागि धनकुटामा राहत संकलन
धनकुटा,२१ कार्तिक । कार्तिक १७ गते आएको भूकम्प बाट पिडित भएका जाजरकोट र रुकुमका भूकम्प पीडितहरुको सहयोगका लागि धनकुटामा राहत संकलन सुरु गरिएको हो ।
उद्योग बाणिज्य संघको अगुवाइमा होटल एसोसिएसन र वितरक संघ धनकुटाले राहत संकलन अभियान चलाएका हुन् ।


