धनकुटामा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कार
धनकुटा,२३ कार्तिक । कृषि ज्ञान केन्द्र धनकुटाले धनकुटाका उत्कृष्ट ६ जना किसान लाई सम्मान गरेको छ ।
बिहिबार एक कार्यक्रमको आयोजना गरी ज्ञान केन्द्रले किसान लाई नगद सहित सम्मान गरेको हो ।
विश्व खाद्य दिवशमा तरकारी, फलफुल, मसला वालि, खाद्य वाली, मह उत्पादन र च्याउ खेतीमा उत्कृष्ठ भएका किसान लाई बिहिबार नगद सहित सम्मान गरेको हो ।
सो अवसरमा किसानहरुले कृषि उपज उत्पादन देखि बजारी करण सम्म समस्या रहको बताउँदै त्यसलाई समाधान गर्नका लागि सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै सरोकारवाला निकायका प्रतिनिधिले किसानका समस्याहरु लाई सम्बन्धित निकायमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


