पाख्रीवास राम्चेडाँडामा निर्मित वुद्ध स्तुपा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

धनकुटा । धनकुटाको पाख्रीवास राम्चेडाँडामा निर्मित वुद्ध स्तुपा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ । हालै मात्र निर्माण गरिएको यो स्तुपा क्षेत्रमा अहिले दैनिक दर्जनौ मानिसहरु घुम्न जाने गरेका छन् ।

पाख्रीवास क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ निर्माण गरिएको यो स्तुपामा राखिएका १ सय ८ वटा लुङ्दोले खासगरि आन्तरिक पर्यटकको ध्यान केन्द्रित गर्ने गरेको छ । यो स्तुपा पाख्रीवास युथ युनाईटेटको पहलमा बनाईएको हो ।

पाख्रीवासका स्थानियवासीबाट सहयोग स्वरुप संकलित साढे ९ लाख लागतमा स्तुपा बनाईएको पाख्रीवास युथ युनाईटडका अध्यक्ष गणेश गुरुङले वताउनुभयो ।

मिन वहादुर गरुङले गुरुङ समाजको नाममा प्रदान गर्नुभएको जग्गामा स्तुपा बनाईको उहाँको भनाई छ । पछि फेरि यो क्षेत्रमा सिसि क्यामेरा सहित अन्य आवश्यक कुरा राखेर व्यवस्थित गर्दे जाने लक्ष रहेको अध्यक्ष गुरुङले बताउनु भएको छ ।

पाख्रीवासमा वुद्ध स्तुपा सहित श्री संसारीमाई सिमसार क्षेत्र, राम्चेडाडा भ्यूटावर, पाथिभरा मन्दिर लगायत धेरै पर्यटकीय स्थलहरु रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।