धनकुटामा प्रत्येक महिना कोशी प्रदेश क्याविनेटको बैठक

धनकुटा । कोशीका मुख्य मन्त्री केदार कार्कीले धनकुटामा कम्तिमा प्रत्येक महिनाका एक पटक मन्त्रिपरिषदको बैठक राख्ने आज नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेको मागहरु ग्रहण गर्दै प्रतिवद्धा व्यक्त गर्दै धनकुटाको विकास र समृद्धीका लागी आफु सधै सकरात्मक रहेको वताउनु भयो ।

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा संघिय यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु र कोशी प्रदेशका मन्त्रीहरुको र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेको उपस्थितिमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,पाख्रिवास नगरपालिकामा मेयर, ज्ञान वहादुर गुरुङ्ग,महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय,सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई,छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा,जिल्ला सदस्यहरु हर्कमान चेम्जोग,गजम सिंह घिसिङ्ग,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रवहादुर लिम्बु लगायतको धनकुटाको टोलीले राखेको माग ग्रहण गर्दै मुख्य मन्त्री केदार कार्कीले धनकुटामा मन्त्री परिषदको बैठक महिनाका एक पटक कम्तिमा राख्ने वताउनु भएको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले मुख्य मन्त्री कार्कीलाई बुझाउनु भएको धनकुटा कांग्रेसको माग पत्रममा कोशी प्रदेशको प्रत्येक बख्रे अधिवेशन धनकुटामा गर्नु पर्ने र धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशिक्र युक्त बनाई मन्त्री परिषदको बैठक धनकुटामा महिनामा कम्तिमा एक पटक संचालन गरी मुख्य मन्त्रीले धनकुटाबाट पनि कार्य संचालन गर्नु पर्ने,धनकुटा अस्पताललाई स्तरउन्नती गरी एक सय बेडको बनाई विशेषज्ञ सेवा संचालन गर्दै शिक्षण अस्पतालको –मेडिकल कलेज को रुपमा विकास गरी संचालन गर्नु पर्ने, धनकुटाको बेलहारा डाडामा डिपिआर समेत भैसकेकोले एयरपोर्ट तत्काल निर्माण गर्नु पर्ने,धनकुटाको विश्रान्ती मन्दिर ,धनकुटामा एक सय फिटको शिव भगवानको मूर्ती र धनकुटाको हिलेमा एक सय फिटको भगवान बुद्धको मूर्ती र गुम्बा निर्माणका लागी बजेटको व्यवस्था गर्नु पर्ने र धनकुटाका लागी विभिन्न योजनाहरको लागी बजेट बिनियोजन गर्नका लागी योजना सहितको रकम माग गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

यसैगरी धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका लागी पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग,जिल्ला सदस्य गजमसिंह घिसिगले र महालक्ष्मी नगरपालिकाका लागी मेयर ध्रुवराज राय,कर्मचारी ग्याल्जे शेर्पाले विभिन्न योजनाहरुको लागी बजेट बिनियोजन गरिदिन हुनलागी योजनाहरु सहितको माग पत्र बुझाउनु भएको नेपाली कांग्रेस धनकुटाका अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताउनु भयो ।

यस्तैगरी धनकुटाको सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई,वडा नं. ६ का वडाध्यक्ष यम प्रकाश (दिपक) मगर,वडा सदस्य शुसिल मगर,अशोक मगरले सागुरीगढीको शिक्षा ,स्वास्थ्य,सडक,पर्यटन लगायतका विभिन्न योजनाहरु सहित रकम बिनियोजन गरीदिन मुख्य मन्त्री कार्की समक्ष माग पत्र बुझाउनु भयो ।

धनकुटाको छथरजोरपाटी गाउपालिकाका लागी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा,नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिकाका उपसभापति ध्रुव दाहाल,वडा नं. ५ का सभापति ढकल सिंह लिम्बुले छथर गाउपालिकाको विकास निर्माणका योजनाहरु सहित बजेट बिनियोजन गरी दिन माग पत्र मुख्य मन्त्री केदार कार्की समक्ष बुझाउनु भएको छ ।

नेपाली कांग्रेस धनकुटाको उक्त टोलीले विराटनगरमा कोशी प्रदेशका मन्त्रीहरु समशेर राई,कमल प्रसाद जबेगु(लिम्बु) समक्ष समेत धनकुटका विकास र समृद्धीका लागी विभिन्न योजनाहरुका लागी बजेट बिनियोजन गरी दिनहुन माग गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

प्रत्येक महिनामा कम्तिमा धनकुटामा प्रदेशको क्याविनेटको बैठक वस्ने र अव मुख्य मन्त्रीलाई धनकुटाको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा भेटीने मुख्य मन्त्रीको प्रतिवद्धाले पनि धनकुटालाई ठूलो राहत प्राप्त हुने नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।