कफीको बजारीकरणमा देखिएको समस्या समाधान गर्न किसानको माग

धनकुटा,१ मंसिर । धनकुटाका कफी किसानहरुले कफीको बजारी करणमा देखिएको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने बतावरण नभए सम्म किसान कफी खेती तर्फ आकर्षित हुन नसक्ने बताएका छन् ।

१९ औं राष्ट्रिय कफी दिवशको अबसरमा जिल्ला कफी व्यावसायी संघ धनकुटाले धनकुटामा गरेको किसान तथा सरोकारवालाहरु विचको अन्र्तकृया कार्यक्रममा अन्य कृषि बाली जस्तै कफीमा पनि बजारी करणको समस्या भएकोले त्यसको दिर्घकालिन र उचित मूल्य किसानले पाउने बतावरण तयार नभए सम्म किसान कफी खेती तर्फ आकर्षित हुन नसक्ने बताएका हुन् ।

सो अवसरमा उनिहरुले सहुलियतपूर्ण कर्जा, प्राविधिक सहयोग र बजारको व्यावस्था गरिदिन माग समेत गरेका थिए । सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले किसानको माग अनुसार सहयोग गर्ने चाहना भए पनि नितीगत र आर्थिक पक्षका कारण भने जस्तो काम गर्न नसकिएको र बिस्तारै समस्यालाई समाधान गर्न प्रयत्न गर्ने धारण राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका निवर्तमान आर्थिक तथा योजना राज्यमन्त्री निरन राईले अब किसान व्यावसायिक बन्नु पर्ने र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने र आफू निति बनाउन्ने ठाउँमा रहेकाले नितीगत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, फेकोफन धनकुटाका अध्यक्ष निल बहादुर थापा, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना लगायतले कफी दिवशको अबसरमा शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता जिल्ला कफी व्यावसायी संघ धनकुटाका अध्यक्ष यूबराजद दर्नालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव सूर्य राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।