सहिदभूमिका फरार प्रतिवादी पक्राउ
धनकुटा । धनकुटा सहिदभूमि गाउंपालिका ६ का सुरेन्द्र राई पक्राउ परेका छन् ।
राई फैसला कार्यान्वयन फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला अदालत धनकुटाको मिति २०५४।०८।३० गतेको फैसला बमोजिम लागु औषध गाँजा/चरेस कसुर मुद्धामा २ बर्ष कैद र रु. १५,०००।– (पन्ध्र हजार रुपैया) जरिवाना भई फरार रहेका थिए ।
राईलाई खोजतलास गर्ने क्रममा धनकुटा नगरपालिका वडा नं.-१०स्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरि जिल्ला अदालत धनकुटामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।


