सबै धर्मावलम्बीले मिलेर मनाए छठ

भक्तपुर, ४ मङ्सिर : सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो । बाँकी तीन छेउ वरपर पालाअर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त त कोही निभेका बत्ती बाल्दै थिए ।

तराईको झल्को दिने गरी दुलहीझँै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । मुख्यतया तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर भक्तपुरवासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएका छन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा सम्पन्न गरी छठ सम्पन्न गरिएको हो ।

भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनुभएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत नौ वर्षदेखि यहाँ छठ मनाउनका लागि व्यवस्थापन गर्दै आउनुभएको छ । पर्वका लागि आइतबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ बर्तालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व मनाएका छन् । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आउनुभएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाएदै आएको उल्लेख गर्दै छठमा घर जान नपाउनेका लागि यहाँको व्यवस्थापनले सजिला ेबनाएको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्दै आउनुभएका शरण झाले पनि यस वर्ष यही पोखरीमै छठ मनाउन आएको बताउनुभयो । यहाँका बासिन्दाले छठका लागि गरेको सहयोगले धार्मिक सहिष्णुता बढाएको उल्लेख गर्दै यहाँ तराई मधेसका बासिन्दाले मात्रै्र नभई यहाँका पहाडियाले पनि सँगै छठ मनाएको बताउनुभयो । विशेष गरेर तराईवासीले हर्षाेल्लासका साथ मनाइने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्बीले सामूहिक रुपमा मिलेर मनाएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो । समितिका संयोजक रौनियारले मुसलमानदेखि विभिन्न धर्म, जातका व्यक्ति सहभागी भएको बताउनुभयो । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यस वर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएको उहाँले बताउनुभयो ।

सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराइमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथ काठमाडौँ उपत्यकामा पनि उत्तिकै भव्यरुपमा मनाउन थालिएको छ ।
पर्वका मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर मात्र पूजा सम्पन्न गर्नु हो छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताउनुभयो ।

अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गरी आज सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएपछि चार दिनको व्रत पूरा भएको उहाँले बताउनुभयो । पर्वको क्रममा पहिलो दिन कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने), दोस्रो कात्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन बर्तालु स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।