‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन

टक्सार (भोजपुर), १३ मङ्सिर : प्रतिभा भएर पनि ठूला प्रतियोगितामा सहभागी हुन नपाएका नयाँ कलाकारका लागि ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गरिएको छ । ओझेलमा परेका प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । हाङ अनलाइन म्युजिक प्रालिले आज भोजपुर सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतिस्पर्धीका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।

यही मङ्सिर २५ गतेसम्म अनलाइन आवेदन लिएर पुस १ गतेदेखि अडिसन सुरु गरिने कार्यक्रमका निर्देशक टिआर लिम्बूले जानकारी दिनुभयो । सहभागिताको लागि आवेदन शुल्क रू एक हजार लाग्ने जनाउँदै उक्त रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरेर रसिदसहित आवेदन दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

आयोजकका अनुसार प्रतियोगितामा तीन चरणका अडिसन सञ्चालन गरिने छ । पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ । अडिसनका लागि ह्वाटस् एपमा गीत गाएर भिडियो पठाउनुपर्ने निर्देशक लिम्बूले बताउनुभयो । उहाँका अनुसार पहिलो अडिसनबाट छनोटमा परेका सहभागीले दोस्रो चरणको लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत पठाउनुपर्ने छ ।

सो चरणमा छनोट भएका सहभागीलाई सुनसरीको धरानमा प्रत्यक्ष सहभागीतामा लाइभ राउण्डमा सहभागी गराइने लिम्बूको भनाइ थियो । उहाँका अनुसार पूर्वी स्टारको विजेताले रू चार लाखसहित सुनको सिक्री, ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउने छन् ।

दोस्रो हुनेले रू एक लाख ५० हजारको साथमा ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र तथा तेस्रो विजेताले रू ५० हजार, ट्रफी, एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउने छन् । तेस्रो चरणदेखि प्रत्येक राउण्डका उत्कृष्टले एक/एक थान गितार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा सङ्गीतकार खगेन्द्र यक्सो र गायक कुसल थुलुङ रहेका छन् । पूर्वी स्टार गायन प्रतियोगितामा सबैले सहभागिता जनाउन पाउने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा भोजपुरका अग्रज पत्रकार निरोज कोइरालाले प्रतियोगिताको प्रचारप्रसारमा यहाँका पत्रकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । नेपाल पत्रकार महासङ्घका सचिव अर्जुन बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यकारी निर्देशक लिम्बू, संयोजक सुमन लिम्बू, पत्रकार महासङ्घ उपाध्यक्ष शारदा तामाङ, सदस्य गोकुल भुजेल, पत्रकारलगायतको सहभागिता थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।