बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती

घोराही (दाङ), १४ मङ्सिर : दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।

पाँच वर्षअघि रोपेका बिरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बङ्गलाचुली–५ साकिनेका मेघबहादुर रावतले बताउनुभयो । सुन्तला रोप्नुअघि रावतले पाखो बारीमा मकै, गहुँ, तोरीखेती गर्दै आउनुभएको थियो । पाखो बारीमा अन्नबाली राम्रो उत्पादन नहुने, भएको पनि जङ्गली जनावरले खाने भएपछि सुन्तला खेती गर्न थालेको उहाँको भनाइ थियो । “पाखो बारी भएकाले सिँचाइको पनि सुविधा नहुँदा अन्न खासै राम्रो हुँदैनथ्यो । सुन्तला रोपेको राम्रो फल्न थालेको छ”, उहाँले भन्नुभयो ।

एकपटक रोपेको सुन्तला वर्षाँैसम्म फल्ने र अन्य बालीजस्तो दुःख नहुने भएकाले सुन्तला खेतीमा लागेको स्थानीय किसान टोपबहादुर पुनले बताउनुभयो । खाद्यान्न उत्पादनका हिसाबले कमजोर रहेको र फलपूmलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेती गर्न थालिएको उहाँको भनाइ थियो । “मकै, गहुँलगायतका कृषि बालीभन्दा फलपूmलका माध्यमबाट राम्रो आम्दानी लिन सकिने भएपछि पाँच वर्षअघि सुन्तला रोपेको थिएँ । अहिले फल्न थालेका छन् । फल पनि राम्रो लागेकाले आम्दानी हुने आशा छ”, उहाँले भन्नुभयो ।

साकिनेमा सुन्तला रोप्नुअघि मौसम, कागतीलगायत फलफूलले राम्रो उत्पादन दिने गरेको थियो । सबै कुुराले उपयुक्त मानिएकाले यहाँ पहिलोपटक सुन्तला रोपेको बताउँदै चनी घर्तीले फल राम्रो लागेको जानकारी दिनुभयो ।

“यसअघि रोपिएका बोटले घरमा खान पुग्ने मात्रै हुन्थ्यो”, घर्तीले भन्नुभयो, “८० घरधुरी रहेको यो गाउँमा ५० बढी किसानले व्यावसायिकरूपमा सुन्तला फलाउन थालेका छन् ।” सिङ्गो गाउँ नै दाङको पहिलो सुन्तला उत्पादन गर्ने थलोका रूपमा चिनिन थालेको उहाँको भनाइ थियो ।

वडा नं ५ का वडाध्यक्ष लीलाबहादुर घर्तीले स्थानीय युवाको सक्रियतामा सहकारीमार्फत पाँच वर्षयता सुन्तला खेती गर्न थालिएको बताउनुभयो । रहरका लागि नभई व्यावसायिकरूपमा किसानले सुन्तला खेती गरेकाले उत्पादन बढ्दै गएको उहाँको भनाइ थियो । उहाँका अनुसार गाउँका प्रायः सबै घरका मानिसले सुन्तला खेती गरेका छन् ।

पहिलेदेखि नै गाउँमा अधिकांशका घरमा एक÷दुईवटा बोट भएको र त्यही बोटमा राम्रो फल्ने गरेकाले उनीहरु व्यावसायिकरूपमा अघि बढेका वडाध्यक्ष घर्तीको भनाइ थियो । “सिँचाइ सुविधा नहुने भिरालो जमिनका कारण अन्य अन्नबाली खासै राम्रो हुँदैनथ्यो । सुन्तला भने राम्रो फल लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।

हावापानीका हिसाबलेसमेत सुन्तलाका लागि साकिने उपयुक्त भएकाले धेरै किसान जोडिनुभएको वडाध्यक्ष घर्तीले बताउनुभयो । उहाँका अनुसार पहाडी कृषि सहकारी संस्थामार्फत गाउँका किसान सङ्गठित भई व्यावसायिकरूपमा सुन्तला उत्पादनमा लागेका छन् । करिब पचास घरधुरीले व्यावसायिकरूपमा २५ हजार बढी सुन्तलाका बिरुवा रोपेका उहाँले जानकारी दिनुभयो ।

किसानले जिल्लामै पहिलोपटक व्यावसायिकरूपमा सुन्तला उत्पादन गरेपछि पालिकाले सुन्तलाको बजारीकरणमा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले बताउनुभयो । “जिल्लामै पहिलोपटक साकिनेमा सुन्तला उत्पादन हुन थालेको छ । यो पालिकाको गौरवको विषय पनि हो”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई ध्यानमा राख्दै बजारीकरण सहयोग गर्न पालिका तयार छ ।”

सुन्तला खेतीका लागि प्राविधिक ज्ञान तथा उत्पादित वस्तुको बजारीकरण हुनसके साकिनेलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने किसानको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।