आजदेखि काठमाडौँमा कला उत्सव

काठमाडौँ, १६ मङ्सिर : काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ ।

कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पु¥याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिनुभयो ।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको मकला महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ । उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताउनुभयो ।

उहाँले झण्डै रु १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्याेदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सृजना गराइने छ ।

धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामू पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।