किसान आकर्षित नहुँदा मासिदै जौँखेती

रुकुम(पूर्व), १ पुस : रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।

पाँच÷छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा सबैका बारीमा जौँ उम्रिएर हरियाली देखिन्थ्यो । अहिले ती सबै खेतबारी खाली छन् । स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा÷खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताउनुभयो । मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ पहिले सबैले बारीमा जौँखेती हुने गर्दथ्यो । पछि विस्तारै मानिसले जौँखेती गर्न छाड्दै गए ।” मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन् ।

जौँखेती गर्दै आउनुभएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौँखेती नगरेको जानकारी दिनुभयो । “पहिले जौँ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “जौँबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो ।” वस्तुभाउलाई दानाका रूपमा पनि जौँ प्रयोग गरिन्थ्यो । अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौँसमेत उत्पादन हुन छाडेको उहाँको भनाइ छ ।

मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौँ भित्र्याउने बेलामा स्थानीय यार्सा सङ्कलन गर्न जाने हुँदा पछिल्लो समयमा जौँखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताउनुभयो । यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौँखेती गरिँदै आइएको छ । सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौँखेती हुने गरेको छ ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौँबाट बनेका परिकार मन नपराउने हुँदा जौँखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो“विगतका तुलनामा जौँखेती मात्र नभई रैथाने बालीहरू लोप हुँदै गएका छन् । ”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।