मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दो

बेलबारी (मोरङ), ६ पुस : मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ ।

जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ । यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको ।

त्यसैगरी बेलबारी नगरपालिकामा दुई हजार पाँच सय, पथरशनिश्चरे नगरपालिकामा दुई हजार पाँच सय, सुन्दरहरैचा नगरपालिकामा एक हजार आठ सय, रङ्गेली नगरपालिमा छ सय, रतुवामाई नगरपालिकामा चार सय, लेटाङ नगरपालिकामा तीन सय, उर्लाबारी नगरपालिकामा आठ सय ७७, सुनवर्सी नगरपालिकामा तीन सय, विराटनगर महानगरपालिकामा ४०, बूढीगङ्गा गाउँपालिकामा एक हजार पाँच सय, कटहरी गाउँपालिकामा चार सय ६६, धनपाल गाउँपालिकामा दुई सय ३३, जहदा गाउँपालिकामा आठ, मिक्लाजुङ गाउँपालिकामा दुई सय ५०, केराबारी गाउँपालिकामा एक हजार, ग्रामथान गाउँपालिकामा एक सय हेक्टर जमिनमा तोरी लगाइएको उक्त केन्द्रले जनाएको छ ।

यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्नसक्ने प्रमुख सिंहले बताउनुभयो । “पर्याप्त सिँचाइ सुविधा हुने हो भने गत वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने थियो”, बेलबारी ९ का किसान नरबहादुर कटुवालले भन्नुभयो । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रूपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।