झामरे नाच संरक्षणको पहल

दमौली (तनहुँ), १६ पुस : मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।

अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका संयोजक दानबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्तालाई पुरानो संस्कृतिप्रति कम चासो हुन्छ । त्यसले गर्दा हाम्रो यो नाच नै लोप हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । त्यसैले गर्दा यसको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य राखेका छौँ ।”

पछिल्लो केही वर्षयता युवा क्लबकै सक्रियतामा झामरे नाच संरक्षणका लागि पहल थालिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसलाई जीवन्त राख्दै नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर लागिपरेका छौँ । अहिलेका पुस्ता पनि यसमा आकर्षित छन् ।”

झामरे नाच मगर समुदायको मौलिक नृत्य हो । आधुनिक संस्कृतिको प्रभावका कारण मौलिक संस्कृति लोप हुन थालेको स्थानीय सिद्ध आलेको गुनासो छ । उहाँले भन्नुभयो, “परम्परागत रीतिरिवाज र संस्कृतिको संरक्षणका लागि पहल थालिएको हो ।”

नेपाली मौलिक संस्कृति र मगर जातिको संस्कृतिसँग जोडिएको झामरे नाचलाई पुर्नजीवित गराउन आफूहरु जुटेको उहाँको भनाइ छ । उहाँका अनुसार मगर समुदायमा यो नाच लामो समयसम्म नचाउने गरिन्छ । हरेक वर्ष दसैँको अष्टमीदेखि सुरु हुने यो नाच माघसम्म नचाइन्छ । मादल, झर्रा र डम्फुको तालमा युवायुवतीले गीत गाएर सामूहिकरुपमा नाच्ने प्रचलन छ । यसले समुदायमा भाइचारा विकास गर्न सहयोग पुग्ने भनाइ छ ।

तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गोरखा र बागलुङलगायतका मगर जातिको बाहुल्य रहेको ठाउँमा झामरे नाच नाच्ने प्रचलन रहँदै आएको छ । मगर समुदायको बाहुल्य रहेको ऋषिङमा झाम्रे नाच संरक्षणका लागि स्थानीय तहले पनि सहयोग गर्दै आएको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मगर समुदायको यो नाच संरक्षणका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋषिङ कला र संस्कृतिमा धनी छ । त्यसमाथि मगर बाहुल्य रहेको यो पालिकामा झामरे नाच संरक्षणका लागि पालिकाका तर्फबाट बजेट विनियोजन गरिएको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।