चोरी उद्योग मुद्धामा फरार प्रतिवादी पक्राउ

बिराटनगर, पुस १६ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) समुहबाट खटिएको प्रहरी टोलीले चोरी उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

चोरी उद्योग मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९/०८/२१ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना ४ दिन कैद र नगद ८ हजार ५ सय २० रुपैया जरिवाना बेरुजु रहि फरार रहेका कटहरी गाउँपालिका-२ मोरङका २६ बर्षीय कनिश बस्नेतलाई खोज तलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।