पौडी खेल्ने क्रममा तमोर नदीमा डुबेर १ जनाको मृत्यु
ताप्लेजुङ, पुस १६ । ताप्लेजुङको फुङलिङ नगरपालिका-२ हान्द्रुङ स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो भारत घर भई सानीमा हाइड्रो पावरमा काम गर्ने कामदार २२ बर्षीय मुकेश साही तमोर नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबि अचेत अवस्थामा फेला परेकोमा प्रहरी र स्थानिय बासीको सहयोगमा उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।


