पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ), १७ पुस : बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फले पनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

सिगानाका बमबहादुर खड्काले यस वर्ष रु चार लाखको सुन्तला बिक्री गर्नुभयो । उहाँ मात्रै हैन रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडाँै, पोखरा र नारायणगढमा पुगेको छ ।

धादिङ, काठमाडाँै, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त रहेका छन् । सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष रु एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको बताउनुहुन्छ ।

“शिक्षक पेसा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेँसीदेखि बास्बोटसम्ममा अधिकांश किसानको सुन्तला आम्दानकीको मुख्य स्रोत हो”, खड्काले भन्नुभयो, “सिगानाको समग्रमा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान ४० जना होलान्, अन्य किसानले समेत ५० देखि एक लाखसम्मको सुन्तला बिक्री गरेकै हुन्छन् ।”

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच÷पाँच लाख भित्र्याउनुभएको छ । खड्काका अनुसार श्रीगणेश कृषि सहकारीमार्फत सुन्तला उत्पादन तथा बिक्रीको तथ्याङ्क राख्ने काममा लागेको बताउनुभयो ।

सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछन् ।

“सुरु–सुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिँदा सहकारीमार्फत सुन्तला उत्पादन र बिक्रीको विवरण राख्न थालिएको छ, यस वर्ष तीन करोड ५० लाख सम्मको सुन्तला सिगानाबाट निकासी हुने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छन्”, उहाँले भन्नुभयो, “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ, पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडौँदेखि नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।

यस वर्ष सिगानाका राधा खड्काले रु चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचा नै व्यापारीलाई दिएका छन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैँचा अझै बिक्री गर्न बाँकी नै रहेको छ ।

सिगानाको सुन्तला अन्य स्तानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मूल्य तिरेरै भए पनि सिगानाको सुन्तला खरिद गर्न व्यापारीहरु आउने गरेको यस वर्ष चितवनका व्यापारीलाई रु पाँच लाखमा आफ्नो सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिनुभयो । चिवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यसपटक सिगानाको सुन्तला चितवन आयात गरिरहनुभएको छ ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झन्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।