नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

मध्यविन्दु (नवलपरासी), २९ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताउनुभयो । “यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्”, उहाँले भन्नुभयो । गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यसबाट रु सात करोड ५० लाख बराबरको आम्दानी भएको महतोले जानकारी दिनुभयो ।

सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताउनुभयो ।

“जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका– १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु–८ र १५ वडा गरी कूल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५÷७६ देखि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालनमा आएको हो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ ।

बौदीकाली गाउँपालिका–५ बबकका कृषक गेसबहादुर रानाले यो याममा सुन्तला उत्पादनमा वृद्धि भएकोे बताउनुभयो । “यो क्षेत्रमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ, अघिल्ला वर्षमा बजारको समस्या हुने गरेकामा यस वर्ष कतिपय व्यापारी बगैँचामै पुगेर खरिद गरेको हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ”, उहाँले भन्नुभयो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा उत्पादन भएको सुन्तला स्थानीय कावासोती, दलदले बजारसहित नारायणगढ, काठमाडौँलगायत बजारमा निर्यात हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।