‘मायाको ऐना’एल्बम सार्वजनिक

काठमाडौ । ओएसनेपालको आयोजनामा वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृर्ति ‘मायाको ऐना’ गीतिएल्बम एक समारोहबीच वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुलद्वारा सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र  साहित्यकार मन्जुलको एकाइ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो ।

    विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा ”तिम्रो मायाको सागरमा पौडी रहन पाउँ
जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाउँ”
र गायक सुमन श्रेष्ठको स्वरमा
‘आँखैमा बस्यौ तिमी मुटुका बस्यौ मलाई मायामा  पल्कायौ
पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौ’
  दुई गीत विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ ।

‘आगो पानी सहेर अन्यायसँग लड्छौं जब’
वरिष्ठ गायक राजेश पायल राईको स्वरमा रहेको छ ।

‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर
माया त हाम्रो जीवन हो सानू झालझेल नगर ।’
गायिका अनु चौधरी र गायक प्रताप दासको युगल स्वरमा रहेको छ ।

”गीत, संगीतको महा उत्सव ओएसम्युजिक अवार्ड
अग्रज अनि स्रष्टा सबैको सम्मान गर्ने ओएसम्युजिक अवार्ड ।”
  वरिष्ठ संगीतकार राम कार्कीको संगीतमा मुस्कान राई र शान्ता कार्की लगायतको स्वरमा रहेको छ ।

एल्बम सार्वजनिक गर्नु हुँदै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मन्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महसुस गरेको बताउनु भयो । दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्नुहुँदै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैं साहित्य, गीत, संगीतमा निरन्तर लाग्नुभएकोमा खुशी व्यक्त गर्नु भयो ।

यस्तै गरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा दुई दशक अघि उहाँ जस्तो बोल्नु हुन्थ्यो आज पनि उस्तै बोल्नु भएको र टाढाबाट पनि आवाजबाट साहित्यकार अमरलाई चिन्न सकेको र एल्बम सार्वजनिक समारोहमा सरिक भएर एल्बमको बारेमा बोल्न पाउँदा साहित्यकार अमरको उन्नति प्रगतिको कामना गर्नुभयो ।

    ओएसनेपालको प्रस्तुति रहेको एल्बम  सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सुर्यकमल राई लगायतले एल्बमका बारेमा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापति ओएसनेपालकोतर्फबाट विवेक कार्कीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।