विराटनगर महानगरले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा मदननगर प्रथम

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा विराटनगर–३ स्थित मदननगर आधारभूत विद्यालय प्रथम भएको छ ।

विराटनगर–४ कञ्चनबारीस्थित आधारभूत विद्यालयमा भएको प्रतियोगितामा २२ वटा विद्यालयलाई पछि पार्दै मदननगर आधारभूत विद्यालय प्रथम भएको हो । प्रथम भएसँगै मदननगरले रनिङ शिल्ड, मेडल, प्रमाणपत्रका साथ नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा आदर्श मावि द्वितीय र गोग्राहा माविले तृतीय स्थान प्राप्त गरे । द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः मेडल र प्रमाणपत्रका साथ नगद ७ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी विराट बहिरा माविलाई विशेष पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । उहाँले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्रै समुन्नत समाज निर्माण हुने धारणा राख्नुभयो । “हामीले भौतिक विकासलाई मात्रै प्राथमिकतामा राख्ने गरेका छौं,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै समाजका अन्य क्षेत्रको पनि विकास हुनु जरुरी छ । समाजको सर्वाङ्गिण विकासले मात्रै सभ्य समाज निर्माण हुन्छ ।” महानगरपालिकाले भौतिक विकाससँगै खेलकुद, भाषा, साहित्य, संस्कृति, कलालगायतको क्षेत्रको विकासमा ध्यान दिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना मन्तव् व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्रका २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा नृत्यनिर्देशक नवराज भट्टराई, अमित प्रसाईं र एलिना राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

महानगरले यसअघि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ । अब निकट भविष्यमा विज्ञान प्रदर्शनी, चित्रकला र कविता प्रतियोगिता आयोजना गर्ने योजना रहेको महानगरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।