रेबिज रोग र यो पशुबाट मानिसमा सर्ने तरिका

रेबिज एउता विषालुजन्य रोग हो र यो पशुबाट मानिसमा सर्ने तरिका र यसबाट बच्ने उपायहरु

रेबिज रोगको परिचय :

रेबिज रोग कुकुर, मानिस, बिरालो, स्याल, ब्वाँसो तथा तातो रगत र मेरुदण्ड भएका अन्य स्तनधारी जनावरमा लाग्ने अति खतरनाक प्राणघातक विषाणुजन्य जुनोटिक रोग हो। रोगी (बौलाहा) पशुले टोकेमा वा रेबिज रोग संक्रमित यति धाउमा पर्न गएमा यो रोग एक पशुबाट अर्को निरोगी पशु वा मानिसमा सर्ने गर्दछ। यसलाई पानीबाट डराउने रोग पनि भनिन्छ । रेबिज रोग प्राणघातक भए पनि समयमै खोप लगाउन सकेमा यो रोगबाट बच्न र बचाउन सकिन्छ तर एकपटक लक्षण देखा परिसकेपछि रोगीको मृत्यु पक्का हुन्छ । रेचिज रोग खास गरी एसिया तथा अफ्रिकामा बढी केलिएको पाइन्छ । त्यसमध्ये करिब ३० हजार जति मानिस भारतमा मात्र मर्दछन् । यो रोग जङ्गली मांसाहारी जनावर खासगरी स्यालको टोकाइबाट सामुदायिक कुकुर वा भूस्याहा कुकुरमा र तिनीहरुको माध्यमबाट मानिस तथा घरपालुवा जनावरमा सर्ने गरेको पाइन्छ ।

(लेखकः राजेश्वर मण्डल)

रोगको कारक तत्त्वः
रेबिज रोग रेब्डो परिवारभित्रको लिजा प्रजातिको भाइरसबाट लाग्ने गर्दछ। यो विषाणुलाई घाम, साबुन डिटरजेन्ट र
आयोडिनले नष्ट गर्छ ।

रोग सर्ने तरिकाः
• रेबिज रोग खास गरी बौलाएको पशुले टोकेपछि सो पशुको रयालमा भएको विषाणुको संक्रमणबाट सर्ने गर्दछ ।
• कुकुर,ब्वाँसो, स्वाल, न्याउरीमुसा, चमेरो आदि यो रोगका प्रमुख स्रोत र संवाहक हुन्।
• रेबिज रोग लागेका जनावरले टोकिसकेपछि यी विषाणुहरू स्नायु प्रणालीको माध्यमबाट गिदीमा पुग्दछन र त्यहाँ तिनीहरुको संख्यामा वृद्धि हुन्छ । त्यसपछि यी विषाणुहरू स्नायु प्रणालीको कोषको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिन्छन र पछि लिमा देखा पर्छन् ।
• रेबिज रोग लागेर लक्षण देखाएको १० दिनभित्र उक्त पशुको मृत्यु हुन्छ ।

संक्रमण अवधिः
शरीरमा विषाणु प्रवेश गरेदेखि रोगको लक्षण देखिने समयसम्मको अवधिलाई संक्रमण अवधि भनिन्छ । कुनै बहला कुकुरले कसैलाई घाँटीभन्दा माथिको भागमा टोकेको छ भने एक हप्तादेखि चार हप्ताभित्रमा रेबिज रोगको लक्षण देखिने सम्भावना ९९०% प्रतिशत हुन्छ । त्यसैगरी शरीरको अन्य भागमा टोकेको छ भने १ महिनादेखि ६ महिना भित्रमा रोगको लक्षण देखिन सक्छ। तर कसै कसैले रेबिज रोग लागेको कुकुरले टोकेको २ वर्षपछि पनि लक्षण देखा परेको उल्लेख गरेका छन् ।

रोगको लक्षण:

कुकुरमा दुई प्रकारका लक्षणहरू देखिन्छन् जुन यस प्रकार छन् :

• उत्तेजक अवस्थाः यस किसिमको लक्षणमा कुकुर अत्यधिक आक्रामक हुने, अगाडि जे पायो त्यसैलाई टोक्ने, जोडले चपाए जस्तो गर्ने, एकनासले भुकिरहने, स्वरमा परिवर्तन हुने, पुच्छर खुट्टा मुनि लुकाएर हिँड्ने, जिब्रो बाहिर निकालेर र्याल बगाइरहने तथा बाटोमा जे-जसलाई भेट्यायो त्यसैलाई टोक्दै हिंड्दछ ।

• लाटो अवस्थाः यस प्रकारको अवस्थामा कुकुर लाटो र आवाज निकाल्न नसक्ने हुन्छ र एउटा कुनामा गएर लुकेर बस्छ । मुखचाट र्याल बगाइ रहन्छ र खाना खान पनि छोड्छ। यस्तो लक्षण देखाएको ४ देखि ५ दिनभित्र कुकुरको मृत्यु हुन्छ ।
• मानिसमा देखने लक्षण : मानिसमा रेबिज रोगका प्रमुख लक्षणहरूमा सुरुमा सुस्त हुने, ज्वरो आउने, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । रोगले च्याप्दै गएपछि विरामीलाई पानी निल्न गाह्रो पर्दछ । त्यसपछि पानी, हावा र उज्यालोदेखि तर्सिने जस्ता लक्षणहरू देखिन्छ । बिरामी छिनछिनमा मूर्छित हुने, र्याल आउने, खाना निल्न नसक्ने, पक्षाघात हुने र रोग लागेको ४ देखि १० दिनभित्र श्वास फेर्न बन्द भई बिरामीको मृत्यु हुन्छ ।

घाउको उपचारः
बौलाहा कुकुरले वा शङ्कास्पद जनावरले टोकेपछि टोकेको स्थानमा तुरुन्तै साबुन पानी ( वा मनतातो पानी) ले १५ मिनेटसम्म राम्रोसँग धुनुपर्छ र त्यसपछि टिन्चर आयोडिन, पोभिडिन आयोडिन वा अन्य कुनै एन्टिमेप्टिक औषधी लगाउनुपर्छ। सँगसँगै टेटनसको सुई पनि लगाउनुपर्छ। विषाणुले शरोरभित्र प्रवेश गर्न नपाओस् र विषाणु बगेर जाओस् भन्नका लागि केहि समय टोकेको स्थानवाट रगत बगेर जान दिनुपर्छ। बाउमा टाँका लगाउने र पट्टी बांध्ने काम गर्नु हुँदैन । त्यसपछि टोक्ने कुकुर वा जनावरको पहिचान गर्नुपर्छ यदि कुकुर १० दिनभित्रमा मर्यो भन्ने कुकुरलाइ रेबिज लागेको बुझ्नुपर्छ ।

खोप लगाउने विधिः

रेविज रोग लागेको जनावरले टोकेको, लसपस मात्र भएको वा शड़कास्पन अवस्थामा शून्य दिन, तेस्रो दिन, सातौं दिन, चोधौ दिन र अट्ठाइसों दिन एक एक मात्राको दरले मासुमा टिस्युकल्चर रेबिज खोप दिनुपर्छ। यसरी खोप दिंदा ठूलो जनावरमा एक भाएल घाँटीको मासुमा र एक भाएल पुट्टाको मासुमा दिनुपर्छ भने सत्लो जनावरमा चाहीँ एक भाएल मात्र दिए पुग्छ तर रोकथामका लागि कुकुरहरूमा खोप लगाउँदा तीन महिना उमेर पूरा भएपछि पहिलो मात्रा, चार महिनाको उमेरमा दोस्रो मात्रा र त्यसपछि वषैपिच्छे दोहोर्याउनुपर्छ। पशुका लागि प्रयोग हुने खोपको पोटेन्सी १ आई यू. प्रति डोज र मानवका लागि प्रयोग हुने खोपको पोटेन्सी २.५ आई यू प्रति डोज हुनुपर्छ ।

रोगको रोकथाम र नियन्त्रणः
• नेपालमा ९९% रेबिज रोग सार्ने मुख्य तथा जिम्मेवार जनावर कुकुर नै हो भन्ने भन्न सकिन्छ । बर्सेनि हजारौं मानिसले कुकुरको टोकाइ पछि रेबिज खोप लगाउने गरेका छन। यसकारण मानिसमा रेबिज रोगको रोकथाम गर्न सम्पूर्ण कुकुरहरूमा नियमित रूपले खोप लगाउन अति आवश्यक हुन आउँछ ।
• ककुरको संख्या कम गर्न परिवार नियोजन गरी प्रजनन गर्न नसक्ने बनाउनुपर्छ । सडक छाप कुकुर को संख्या बढेमा नगरनिगमलाइ जानकारी दिनुपर्छ ।
• पाल्तु कुकुर , बिरालो र स्तन्धारी जनावरमा अनिवार्य रुपमा रेबिजको खोप दिनुपर्छ ।
• सर्वसाधारण जनतालाई रेबिज रोगको महत्त्वको बारेमा सूचित गर्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाको माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ ।
• रेविज रोग सम्बन्धी अनुसन्धान तथा सर्भिलेन्स सञ्चालन गर्नुपर्छ ।

सन्दर्भ समाग्री :
• डा.अरबिन्द , डा.केशब , बुक अफ एनिमल , २०२१, देहरादुन उत्तराखण्ड ।
• डा.ए.के पटेल , बिष्णु ध्वज , एनिमल प्रोडक्सन एण्ड लाइभस्ट्क मायनेजमेन्ट , आ.इ.सि.ए.आर २०१९ ।
• कृषि सुचना तथा प्रशिक्षण केन्द्र , हरिहरभवन ललितपुर। ।

(लेखकः राजेश्वर मण्डल, प्रसौनी-४ स्थाइ हाल भारतको पन्जाब टेक्निकल युनिर्भसिटीमा कृषि स्नातक तहको अन्तिम बर्षमा अध्यनरत छन् ।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।