अनुदानले तोरीखेती प्रति आकर्षण

गण्डकी, १५ माघ : हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो ।

महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उहाँले बताउनुभयो । समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।

महानगरपालिकाले हिउँदे बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत तोरी र गहुँबाली विस्तारका लागि किसानलाई अनुदान दिँदै आएको छ । हिउँदमा खाली हुने जग्गाको सदुपयोगका साथै घरायसी प्रयोजनका लागि किसानले आफैँ तेल उत्पादन गर्न सकून् भन्ने उद्देश्यले तोरीमा अनुदान दिइएको महाशाखा प्रमुख कडरियाको भनाइ छ ।

“तोरीखेती बढ्दा घरघरमा हुन तेल आयातलाई न्यूनीकरणमा मद्दत पुग्छ, अर्कातिर तोरीबारी मौरीका लागि पनि उत्तम चरन क्षेत्र हो, तोरीले प्रकृतिमा सुन्दरता पनि थपेको हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष हिउँदे वर्षा नभएकाले सुक्खा र पाखो जमिनमा लगाइएको तोरीबालीमा केही समस्या आए पनि सिँचाइको सुविधा भएको ठाउँमा तोरीखेती फस्टाएको छ ।”

किसानले चितवन लोकल र लुम्ले जातको तोरीखेती गरिरहेका छन् । तोरीबालीमा कुनै रोगकिराको समस्या पनि नदेखिएको कृषि महाशाखाले जनाएको छ । उत्पादन पनि छिटो दिने र कम लागत लाग्ने भएकाले किसान तोरीखेतीमा आकर्षित भइरहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । कात्तिकमा लगाएको तोरी माघ÷फागुनभित्रमा किसानले भित्र्याइसक्ने उहाँको भनाइ छ ।

उहाँले कम्तीमा सय रोपनी जग्गा व्यवस्थापन गरेर समूहमा आउने किसानलाई थप अनुदान र प्रोत्साहन रकम उपलब्ध गराइने बताउनुभयो । “धानबाली भित्र्याएपछि बाँझै रहने खेत अहिले तोरीले पहेँलपुर देखिएका छन्, महानगरपालिकाको उद्देश्य पनि हिउँदमा जग्गा खाली नरहोस् भन्ने हो”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “तोरीखेतीका लागि सिँचाइमा किसानलाई सक्दो सहयोग गरिरहेका छौँ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।