एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ माघ : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताउनुभयो ।

उहाँले वडा नं–४ पालिकामै राम्रो सुन्तला उत्पादन हुने क्षेत्र भएको बताउनुभयो । उहाँका अनुसार सो वडाको धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ लगायतका स्थानमा सुन्तला राम्रो फलेको छ । यहाँका किसनाको मुख्य आम्दानीको स्रोत नै सुन्तला हुने गरेको छ ।

“मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु”, वडाध्यक्ष लामाले भन्नुभयो, “यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ ।” भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उहाँले बताउनुभयो ।

केही वर्ष अगाडि बोट सुक्ने र कीरा लाग्ने समस्या रहेकोमा पालिकाको कृषि शाखाबाट गतवर्ष कीटनासक औषधि छर्नका लागि अनुदान पाएपछि यसवर्ष राम्रो फलेको उहाँको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाका–४ लगायत अन्य वडामा पनि किसानले राम्रो सुन्तला उत्पादन गर्दै आएकाले पालिकाले गत वर्षदेखि सुन्तला प्रबद्र्धनका लागि कृषि शाखामार्फत आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । “गतवर्ष किसानका लागि कीटनासक औषधि छर्नका लागि केही सहयोग ग¥याँै, जसबाट यसवर्ष सुन्तला राम्रो उत्पादन भएको पाएको छु”, उहाँले भन्नुभयो, “किसानको उत्साह र उत्पादन भएको सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने भएकाले वडा नं ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजनामा पालिका लागिपरेको छ ।”

पालिकाले सुन्तला पकेट क्षेत्र बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सुन्तला प्रवद्र्धन कार्यक्रम लागू हुने गरी रु १० लाख बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो । विज्ञ टोलीलाई अनुसन्धान गर्न लगाउने र समस्या समाधान र तथा अझै राम्रो उत्पादनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर विज्ञको सुझावसहित किसानको मागका आधारमा थप योजना बनाउने क्रममा रहेको उपाध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

गाउँपालिकाको भुग्देउको तावरी, गोलगाउँ, सिउरेनी सिमपानी, म्हेदाम्सु, फापरचौर, लड्कुपौवालगायतका ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ भने वडा नं १ को झिङ्गे, अलकापुरी सुकुमफेदी लगायतका ठाउँमा पनि सुन्तलाखेती हुँदै आएको पालिकाले जनाएको छ ।

यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमडौँ र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन् । फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।