अभिनेत्री पुनम पाण्डेको निधन

नयाँ दिल्ली । भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेको मृत्यु भएको छ । पुनमको म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् ।

पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् ।

सन् २०११ मा क्रिकेट विश्व कप फाइनल अघि भारतले फाइनल खेल जित्यो भने सारा कपडा उतारिदिन्छु भन्ने एउटा भिडियोका कारण उनी चर्चामा आएकी थिइन् । अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् । तर उक्त शो पुनमले जित्न सकिनन् । पाण्डेले आफ्नो अन्तिम भिडियो २९ जनवरीमा शेयर गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖