दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौँ, १९ माघ : नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।

दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिनुभयो, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ, दुवै चलचित्रमा फरक विषय र परिवेशलाई प्रस्तुत गरिएको छ, एउटा विशुद्ध पारिवारिक कथामा छ भने अर्कोमा समसामयिक विषयवस्तु छ, दर्शकलाई दुवै चलचित्रले निराश बनाउँदैन ।”

दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता राई भने समान हुनुहुन्छ । “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ, यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ, यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ”, राईले भन्नुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।