रास्वपा सांसद श्रेष्ठले आफूलाई भविष्यको प्रधानमन्त्री दाबी गरेपछि….

काठमाडौं । प्रतिनिधि सभामा सम्पत्ति सुद्धीकरण निवारण विधेयकमाथि छलफल चलिरहेको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठलाई छलफलमा भाग लिन उपसभामुख इन्दिरा रानाले समय दिईन् । तीन मिनेटमात्रै समय पाएका सांसद श्रेष्ठले उक्त विधेयकको १९ नम्बर दफामा आपत्ति जनाए ।

सरकारले लागनी सम्मेलन गर्ने भनेर चर्को स्वरमा कुरा गरिरहेको भएपनि त्यतातिर कुनै ध्यान नदिएको उनले बताए । लागनीमैत्री वातावरण नभएका कारण लगानीकर्ताहरु नेपालबाट भागिरहेको उनको दाबी छ । युवाहरुलाई आकर्षित गरेर यही बस्ने वातावरण बनाउन विधेयकले कुनै सहयोग नगर्ने उनको दाबी छ । उनले सुशासनको पक्षमा उक्त विधेकय झनै बाधक रहेको समेत टिप्पणी गरे ।

उक्त विधेकले अन्तराष्ट्रिय समुदायलाई विश्वासमा लिन नसक्ने बताउँदै थिए । यत्तिबेलै उपसभामुख रानाले समय सकिएको जनाकारी गराईन् । लगत्तै उनले पूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीलाई मात्रै नभएर भविष्यका प्रधानमन्त्रीलाई पनि समय मिलाउन आग्रह गरे । ‘सभामुख महोदय, भूतपूर्व र वर्तमान प्रधानमन्त्रीलाई मात्रै होईन । भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि समय चाहीँ मिलाउन पर्यो,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।