सुन प्रकरण : पूर्वसभामुख महराले सिंहदरबार पुगेर बयान दिए

काठमाडौं। विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन्।

सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन्।

भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो।

सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो। राहुल जिल्ला अदालत काठमाडौंको आदेशपछि हाल थुनामै रहेका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।